पर्यटन र कृषिका लागि चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण

२३ पुष, २०८१, मगलवार
सारांश
  • ‘नेपालमा खासगरि कृषि र पर्यटनको क्षेत्रमा लगानीको एकदमै धेरै सम्भावना छ ।

काठमाडौं :   कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रको लागि चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

 
मंगलबार काठमाडौंमा बीआरआई फ्रेमवर्कमार्फत नेपालको पर्यटन र कृषिलाई अगाडि बढाउनको लागि आयोजित कार्यक्रममा उनले सरकारले कृषिलाई आधुनिकिकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा परिवर्तन गर्ने लक्ष्यहरु राखेको भन्दै त्यसको लागि चीनको सहयोग र साथको अपेक्षा आफंैमा महत्वपूर्ण रहेको बताए ।  


उनले भने, ‘नेपालमा खासगरि कृषि र पर्यटनको क्षेत्रमा लगानीको एकदमै धेरै सम्भावना छ । त्यसकारण चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण रहनेछ । सरकारले कृषिलाई आधुनिकिकरण गर्ने जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा परिवर्तन गर्ने, पूर्वाधारको विकासलाई तिव्रता दिने, पर्यटन सम्भावनालाई साकार पार्ने र ती क्षेत्रका सबैका लागि जनशक्तिको विकास गर्ने लक्ष्य राखेका छौ । यसका लागि मित्र राष्ट्र चीनको सहयोग र साथको अपेक्षा गर्नु आफैमा महत्वपूर्ण रहेको छ ।’


नेपाल र चीनबीच भौगोलिक एंव राजनीतिक सम्बन्धको साथै व्यापारको सम्बन्ध पनि राम्रो रहेको पनि उनको भनाई छ ।


नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीन सरकारको तर्फबाट कृषि तथा ग्रामिण विकास मन्त्रालयबीच कृषि, पशुपन्छी तथा माछा पालनको क्षेत्रको समझदारी पत्रमा २५ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो । 


सोही मितिमा नेपालबाट औषधीजन्य बनस्पती निर्यात गर्नका लागि यस मन्त्रालय र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच हस्ताक्षर भएको थियो । यसको साथै नेपाल र चीनबीच थुप्रै समझदारीमा हस्ताक्षर भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार